नेपाली मुक्तक
नेपाली साहित्यको डिजिटल चौतारी

नेपाली मुक्तक संसार

शब्दमा भावना, सिर्जनामा पहिचान — मन छुने मुक्तकहरूको संसारमा स्वागत छ।

आफ्नो मुक्तक लेख्नुहोस्
शब्द, भावना र सिर्जनाको संगम

चार हरफमा भावना,
शब्दमा सिंगो संसार।

प्रेम, जीवन, समाज, प्रकृति र अनुभूतिका सुन्दर नेपाली मुक्तक पढ्नुहोस्। मन परेको सिर्जना सुरक्षित गर्नुहोस्, साथीहरूसँग बाँड्नुहोस् र तपाईंका शब्दलाई पनि पाठकसम्म पुर्याउनुहोस्।

83
प्रकाशित मुक्तकहरू
15
साहित्यिक विधाहरू
साझा सिर्जना
मनदेखि मनसम्मको यात्रा
मन छुने मुक्तकहरू साहित्यलाई महसुस गर्नुहोस्
83 वटा मुक्तक भेटिए

रावण भन या त राम🤔

रावण भन या त राम फरक पर्देैन
बरू छैन भन केही नि काम फरक पर्दैन ।
म मेराे ठाउँमा ठिक छु, तिमी तिम्रै ठाउँमा
तारिफ गर या त बदनाम फरक पर्दैन ।।
समसामयिक

बाध्यता रहेछ

आफ्नै देश छाडेर जानुपर्ने बाध्यता रहेछ
अर्काको गाली सहेर खानुपर्ने बाध्यता रहेछ ।
परिवारको खुसी र सानो सपना पूरा गर्नलाई
जवानी मरुभूमिमै लानुपर्ने बाध्यता रहेछ ।।
जीवन

आफ्नै पसिनासँग लड्नुपर्छ यहाँ

गन्तव्यमा पुग्न सधैँ अघि बढ्नुपर्छ यहाँ
सफलताको भर्याङ आफैँले चढ्नुपर्छ यहाँ ।
बसेर मात्रै कहाँ सपना पूरा हुन्छन् र साथी
भाग्य बदल्न आफ्नै पसिनासँग लड्नुपर्छ यहाँ ।।
प्रेरणा

विश्वास फेरि फर्केर आउँदैन

एकपटक छुटेको सास फेरि फर्केर आउँदैन,
मरेर गएको त्यो लास फेरि फर्केर आउँदैन ।
जिउँदो हुँदै माया गर्न र बुझ्न सिक्नुपर्छ,
टुटेर गएको त्यो विश्वास फेरि फर्केर आउँदैन ।।
भावना

अरूको खुसी खोसेर हाँस्ने बानी छैन मेरो 😎

कसैको अगाडि झुकेर बाँच्ने बानी छैन मेरो,
स्वार्थको लागि सम्बन्ध गाँस्ने बानी छैन मेरो ।
एक्लै रून परोस् बरु मेराे भन्नु केही छैन
अरूको खुसी खोसेर हाँस्ने बानी छैन मेरो ।।
दु:ख/पिडा

हजारौँको भीडमा अरू छान्न सक्दिनँ म❤️

तिम्रो सिवा अरूलाई आफ्नो मान्न सक्दिनँ म,
मुटुभित्र अरू कसैलाई तान्न सक्दिनँ म ।
जहाँ जान्छौ सँगै लानू, एक्लै छाडी नजानू है,
हजारौँको भीडमा अरू छान्न सक्दिनँ म ।।

डियर जिन्दगी

बोकेर सपनाको भारी कहाँ पुगिएला
यो पागल मन भिकारी कहाँ पुगिएला ।
भेट्न पाए ठाउँ थकित मन बिसाउने
खोज्दै एउटा चौतारी कहाँ पुगिएला ।।
विछाेड

छोडेर जान्न भन्दैमा कोई

छोडेर जान्न भन्दैमा कोई मायाको असल पात्र हुँदैन
माया भनेको जीवन सँगै काट्ने वचन गर्नु मात्र हुँदैन ।
प्रेम मा छँदा उसलाई आफ्नो भगवान मानेको थिए
पछि बल्ल थाह भयो भगवान कोई एकको मात्र हुँदैन ।।
जीवन

फूलैफूलको बिचमा बिझने काँडा बन्दिन म

फूलैफूलको बिचमा बिझने काँडा बन्दिन म
भाे, देखाउनकै लागि तिम्रो 'राधा' बन्दिन म ।
जाने भए गए हुन्छ, कल्ले छेक्या छ र तिमलाई
फलोस्-फुलोस् तिम्रो जीवन, बाधा बन्दिन म ।।
दर्शन

निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ

निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ
अविरल शिक्षाको कुलो लेखिएको रहिछ ।
विना शुल्क प्रवेशसम्म नदिइने स्कुलहरूमा
धन भन्दा विद्या ठुलो लेखिएको रहिछ।।
दु:ख/पिडा

मन नभाकाे घर बसालेर खुसी छु भन्छाै

मन नभाकाे घर बसालेर खुसी छु भन्छाै
फेरि, रूदै आशु खसालेर खुसी छु भन्छाै ?
अरूकै लागि साेच्दासाेच्दै जीवन बिति सक्यो तिम्रो
अझ नरक मै जिन्दगी पसालेर खुसी छु भन्छाै ??
विछाेड

अब मलाई छाेड्ने भईछ्याै भन्दै भनिनाै त

अब मलाई छाेड्ने भईछ्याै भन्दै भनिनाै त
नयाँ साइनो जाेड्ने भईछ्याै भन्दै भनिनाै त ।
तिमी खुसी थिएनाै भने हासि हासि बिदा दिन्थे
अरूकै घुम्टो ओढ्ने भईछ्याै भन्दै भनिनाै त ।।